यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जित्नुभएको छ ।

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जित्नुभएको हो । उहाँले प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्नुभएको। उपाधिसँगै उहाँले रु एक लाख पुरस्कार हात पार्नुभयो । कार्यक्रममा सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहि¥याउनुभयो । उहाँ एक वर्षसम्म सिभिल गु्रपको ब्राण्ड एमबास्डरसमेत हुनुभएको छ ।

यस्तै, फस्ट रनरअपसँगै भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो जेनिक काठमाडाैकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ हुनुभयो ।

यसैगरी, बेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेष्ट पर्सनालिटी आशिका बल, बेष्ट फ्रेण्डसिप न्होर्जिन लामा , बेष्ट अनुशासन क्रिष्टिना लामा, बेष्ट ड्रेस आशिका बल,बेष्ट ट्यालेन्ट रूपा घिसिङ, बेष्ट स्किन निमा लामा, बेष्ट गार्जिएन प्रियंका घिसिङ ,बेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले प्राप्त गर्नुभयो । सवै भन्दा वढी भोट प्राप्त गरि मिस पपुलर निष्चल योञ्जन हुनु भयो।

निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, शिक्षा विद्ध तथा समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल सिं तामाङ रहनुभएको थियो । तामाङ जातिको कला, संस्कृति, वेशभूषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले बताउनुभयो ।

‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङ जेनिशा मोक्तान हुनुभएको थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि ,वरिष्ठ संगीतकार कर्म योञ्जन तथा नेपालको गणतान्त्रिक संविधान लेखनमा विषेश भूमिका निर्वाह गरेको भन्दै १६ जना तामाङ सभासद् तथा सांसदलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राधिका तामाङ, यशोदाकुमारी लामा, रेशमबहादुर लामा, परशुराम तामाङ, दिलमान पाख्रिन, शेरबहादुर तामाङ, बहादुरसिंह लामा, तीर्थबहादुर लामा, कमला दोङ, बबिना मोक्तान, पुष्पलता लामा, रमेशकुमार लामा, इच्छाराज तामाङ, राजाराम स्याङतान, छेवाङतेन्जिङ लामा र योगेन्द्र घिसिङ रहेका छन् ।